तनावमुक्त जीवनका लागि ध्यान र प्रवचन
बाग्लुङ | भदौ ४, २०७९
तस्बिर रासस
यहाँका लायन्सकर्मी र ओशोभक्तले शनिबारको फुर्सदिलो दिन ध्यान साधनामा बिताएका छन् । दिनभर ध्यान, योगाभ्यास, उत्प्रेरणात्मक प्रवचन र नाचगानमा उनीहरु रमाएका हुन् ।
‘लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ के बागलुङ एरिया’को आयोजना र ओशो अमृतम् ध्यान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अर्हतले सहभागीलाई प्रवचन दिएका थिए ।
उनले ध्यान साधनाका अनेक विधिसँगै योग पनि सिकाएका थिए । कार्यक्रम संयोजक पार्वती अधिकारीले तनावमुक्त जीवनका लागि एकदिने ध्यान शिविर राखिएको बताए ।
“ध्यानका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्ने, सफल कसरी हुने र आनन्ददायी जीवनयापनका तरिकाबारे स्वामीजीले प्रवचन दिनुभयो”, संयोजक अधिकारीले भने । शिविरमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ‘लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ के’ का डिष्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजुलगायतले रुचीपूर्वक कार्यक्रममा भाग लिएका थिए । शारीरिक, मानसिक स्वाथ्य र आत्मिक शान्तिका लागि ध्यान उत्तम मानिन्छ । मन, विचार र आत्मशुद्धिका लागि मानिस ध्यानतिर लालयित हुने गरेका छन् । RSS
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

